यी १० निर्माण कम्पनीलाई सरकारले सोध्यो स्पष्टीकरण
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ। कार्यालयले आज सूचना जारी गर्दै समयमै काम सम्पन्न नगर्ने ति निर्माण कम्पनीलाई कालो सूचीमा राख्न नपर्ने कारणसहित ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।
सार्वजनिक खरिद ऐन, २०६४ को दफा ६३ को नियम १४१ को उपनियम ९४ क० को प्रयोजनार्थ यो सूचना प्रशाशित गरिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा राख्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएका १० निर्माण कम्पनीहरुमा श्री बिशाल होम निर्माण सेवा उदयपुरगढी ७ उदयपुर, श्री मष्टा कन्ट्रक्सन एण्ड सप्लायर्स सोरु गाउँपालिका १० मुगु लगायत रहेका छन् ।

