संसदीय छानबिनलाई ‘फेसन’ नबनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय छानबिनलाई फेसनको रूपमा दुरुपयोग नगर्न आग्रह गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले संसदीय छानबिन गम्भीर विषयमा मात्रै हुनुपर्ने बताए।
नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत भएको हो। २२ गतेदेखि हालसम्म छलफल चलिरहेको छ। यस्तोमा छानबिन समिति किन बनाउनुपर्यो ? उनले भने,संसदीय छानबिनजस्तो संवेदनशील विषयलाई फेसन नबनाउन म आग्रह गर्छु।
