गोरखा-चितवन पत्रकार समाजको अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

चितवन।गोरखा चितवन पत्रकार समाजको आयोजनामा समाजका अध्यक्ष नविनबाबु मरहठ्ठाको नेतृत्वमा समाजका अगुवा पत्रकार साथीहरु शान्ता अधिकारीसहित गोरखाको अध्ययन अवलोकन भ्रमण कार्यक्रम शानदाररुपमा सम्पन्न भएको छ। कार्यक्रमको पहिलो चरणमा गोरखा नगरपालिकाको आयोजनामा गोरखा नगरपालिका भ्रमण वर्ष -२०२५ मनाउने कार्यक्रम सम्बन्धी एक अन्तर्क्रियामा सहभागी भईयो।

गोरखा नगरपालिका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्याय खनालले सहजीकरण गर्नुहुँदै गोरखा पर्यटन वर्ष – २०२५ ले गोरखाको सामाजिक सांस्कृतिक र धार्मिक महत्व बोकेको पर्यटकीय स्थलको उजागर गर्न चितवन गोरखा पत्रकार समाजको सहयोग अपरिहार्य छ भन्ने धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले गोरखा पर्यटन वर्ष २०२५ मा चितवन र गोरखाका पत्रकारहरुले राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा गोरखाको पहिचान दिन सफल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन एवम् गोरखा चितवन पत्रकार समाजका उपाध्यक्ष शान्ता अधिकारीले आफू जन्मेको भूमि गोरखा आफ्नो घर कहिल्यै नबिर्सने बताउदैं चितवन गोरखा पत्रकार समाजले गोरखा नगरपालिकाको गोरखा पर्यटन वर्ष -२०२५ को कुनै पनि प्रकारको सहयोग र हातेमालो गर्ने र प्रचारका सन्दर्भमा सौराहामा आउन पनि निम्तो दिँदै यो हाम्रो गौरवको विषय भएको बताइन्।

कार्यक्रममा बोल्दै गोरखा जिल्ला समन्वय समितिका अध्यक्ष मोहन बहादुर थापा मगरले पत्रकार सबै सबैमा हार्दिक धन्यवाद दिदै जिल्लाका चितवन रहेर पत्रकारितामा क्रियाशील पत्रकार आफ्नै मित्र एवम् बलियो शक्ति भएको कुरा दर्शाए।

कार्यक्रममा गोरखा पत्रकार महासंघ उपाध्यक्ष अस्मिता सिम्खडा, होटल व्यवसायी सङ्घ गोरखाका अध्यक्ष केशव कुँवर, गोरखा दरबार संग्रहालय प्रमुख जयनारायण शर्मा, प्रेस सेन्टर केन्द्रीय सदस्य अजिता अधिकारी, क्रान्तिकारी प्रेस संगठन केन्द्रीय सदस्य प्रेम कडेल, प्रेस चौतारी चितवन जिल्ला उपाध्यक्ष सविना लामिछाने, प्रेस युनियन जिल्ला उपाध्यक्ष प्रस्ताव सुवेदी, जन पत्रकार संगठनका जिल्ला अध्यक्ष सूर्य बराल, गोरखा चितवन पत्रकार समाजका सल्लाहकार कृष्ण प्रसाद खनाल लगायत गोरखा जिल्लाको विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समाजसेवी व्यवसायी सहभागी थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष, सामाजिक विकास अधिकृत विजयभक्त उपाध्याय खनाल एवम् गोरखा जिल्ला समन्वय समितिका अध्यक्ष मोहन बहादुर थापा मगरलाई गोरखा चितवन पत्रकार समाजका अध्यक्ष नविनबाबु मरहठ्ठा एवम् उपाध्यक्ष शान्ता अधिकारीले मायाको चिनो समेत प्रदान गरे। गोरखा नगरपालिकाले उक्त सभाहलमा दिवाभोजको आयोजना समेत गरेको थियो।

अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत गोरखा दरबार एवम् गोरखा कालिका भगवती, गोरखनाथ बाबाको मन्दिरको दर्शनको सहजीकरण नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले गरेकोमा प्रेस चौतारी केन्द्रीय सदस्य नवराज ढकालले धन्यवाद समेत दिएका थिए।

अवलोकन कार्यक्रमको दोस्रो चरणको लिगलिगकोटको गढी अवलोकन गर्दा सम्पूर्ण श्रमजीवी पत्रकारहरुको मन आनन्दित भएको नेपाल पत्रकार महासंघ चितवनको पूर्व उपाध्यक्ष प्रमिता ढकालले बताइन।

कार्यक्रममा गोरखा गाउँ रिसोर्ट प्रा लि अवलोकन गर्दा सम्पूर्णमा आनन्द अनुभूति भएको थियो जुन लक्ष्मी बजारदेखि पाँच सय मिटर दुरी डाँडामा रहेको छ।

टोलीले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पढेको विद्यालयलाई अवलोकन गर्यो।पालुङटार नगरपालिकाद्वारा आयोजित साँझको खाजा खाने कार्यक्रममा सरिक भएर पत्रकार महासंघ चितवनको कार्यालयमा रातको दश बजे गाडी रोकिएको थियो।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीले अध्ययन अवलोकन भ्रमण टोलीलाई महासंघ कार्यालयमा आएर बिहानी शुभ यात्राको शुभकामना व्यक्त गरे।

कार्यक्रमको यातायात सहयोग सेन्ट्रल कलेज चितवनका प्रमुख वाई बी पौडेलले गरेकोमा गोरखा चितवन पत्रकार समाजका सचिव सनद अधिकारीले धन्यवाद एवम् आभार प्रकट गरे।