चितवनमा बस दुर्घटना, १५ जना घाइते
चितवन ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर–१० मा काठमाडौंबाट लहान जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन।
आज विहान त्रिनेत्र पेट्रोल पम्प अगाडि प्र–१–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोकिएर पल्टिँदा बसमा सवार ३९ जना मध्ये १५ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।
घाइतेहरूको भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र रत्ननगर बकुलहर अस्पतालमा उपचार भइरहेको छ।
बस र बस चालकलार्एै प्रहरीले नियन्त्रणमा लिएको छ।

