सुनको मूल्य बढ्यो,तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँ बढेको हो।
आइतबार एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी एक हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
