एकै मञ्चमा भाषण गर्दै ओली,प्रचण्ड र माधव नेपाल

काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल एकै मञ्चमा देखिने भएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा उनीहरू सहभागी हुन लागेका हुन्।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीको प्रमुख आतिथ्य भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तालिका रहेको छ।

ओली, प्रचण्ड र नेपालसँगै सो कार्यक्रममा नेताहरू झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुँदै छन् ।

यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण पनि अर्थपूर्ण मानिएको छ।