ओलीप्रति बालेनको आक्रोश-भ्रष्टाचारी जोगाउने ‘नाइके’को कार्यक्रममा म गइदिनुपर्ने ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई‘भ्रष्टाचारीको आरोप लगाएका छन्।
उनले फेसबुकमाफर्त प्रधानमन्त्री ओलीको करप्सन सिस्टमलाई मद्दत गर्न नसक्ने बताएका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा बालेन गएका थिएनन्। त्यहाँ प्रधानमन्त्री ओलीले उनलाई खोज्दै अब फेरि पनि नआए नाम काट्न भनेका थिए।
यसपछि बालेनले जवाफस्वरूप लेखेका छन्- ‘सरी, केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम।
आफूले भ्रष्टाचार रोक्छु भन्दा प्रधानमन्त्री ओली भ्रष्टाचारी जोगाउन लागिपरेको पनि बताएका छन्। उनले लेखेका छन्– ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गइदिनुपर्ने?
