गभर्नरमा अंगराजसहित तीन जनाको नाम बोकेर अर्थमन्त्री क्याबिनेटमा
काठमाडौं । गभर्नरका लागि तीन जनाको नाम लिएर अर्थमन्त्री विष्णु पौडेल बालुवाटार हिँडेका छन्।
मंगलबार गभर्नर सिफारिस समितिको बैठक सकाएर गभर्नरका लागि सिफारिस भएका तीन जनाको नाम बोकेर पौडेल बालुवाटार गएका हुन् ।
गभर्नरका लागि सिफारिस हुनेहरूमा डा.विश्व पौडेल, डा.निलम ढुंगाना र डा.अंगराज तिमल्सिना रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।

