मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, गभर्नर नियुक्त गर्ने
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक भर्खरै सुरु भएको छ।
आजको बैठकले राष्ट्र बैंकका गभर्नर नियुक्ति गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
केहीबेर अघि मात्रै नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले गभर्नरका लागि डा। विश्व पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
बैठकले उक्त सिफारिसमा परेका मध्ये एक जनालाई गभर्नरमा अनुमोदन गर्ने छ।
प्राप्त जानकारी अनुसार एक नम्बरमा रहेका डा। विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने तयारी छ।
उनी नेपाली कांग्रेसका कोटाबाट गभर्नरमा सिफारिस भएका हुन्।

