पौडी पोखरीमा डुबेर युवकको मृत्यु,आठजना पक्राउ

चितवन। भरतपुर महानगरपालिका-२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका-७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए।
साथीहरूसँग पौडी खेल्न गएका निजलाई डुबेको भेटेपछि उनका आठजना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई हिरासतमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएएको छ।
