प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं। नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त पदमा बढुवा गर्न एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको नाम सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेहरुमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ,दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन्।


