आज मिति २०८२ साल जेठ ९ गते शुक्रबार लक्ष्मी माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पुर्याउने गर्नुहोला । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउने छ । आजको कुनै निर्णय खराब हुन सक्छ, निर्णय गर्दा अलि विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । काम रोकिनुका साथ मान सम्मानमा आघात पुग्न सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- नगद सहयोग गर्न बन्द गर्नुहोला । बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ। खर्चका बाध्यता धेरै आइपर्ने छन्। विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वास घात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नी बीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति पत्नी बीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन्।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु-हड्डी, नशा र पेटका समस्या बढ्ने हुनाले खानपानमा एकदम सजक रहनु होला । गोपनियतामा निरन्तर रहनु उचित छ। आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- पति पत्नी बीच विवाद बढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला । आश मारेको कामले उत्साह जगाउनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडी बढ्नेछन् ।खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला। चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आम्दानी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ । प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ।