पिनाकल एकेडेमी कलेज: २८ वर्षदेखि उत्कृष्टताको पहिचान
ललितपुर। शिक्षाको क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेको पिनाकल एकेडेमी कलेजले आफ्नो २८ औं बर्षसम्म देशकै अग्रणी शैक्षिक संस्था बन्न सफल भएको छ। बोर्ड टप गर्ने विद्यार्थीहरूको परम्परा कायम राख्दै आएको यस संस्थाले प्रि-स्कुलदेखि स्नातक तहसम्म विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
ललितपुरको लगनखेलस्थित पिनाकल एकेडेमीले कक्षा ११ र १२ मा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज र कानून विषयहरूमा अध्यापन गराउँदै आएको छ। कलेज अन्तर्गतका शैक्षिक एकाइहरू — पिनाकल कलेज, टेक्निकल कलेज, स्कूल र ट्रेनिङ एकेडेमी — ले विद्यार्थीको बहुआयामिक विकासमा योगदान पुर्याउँदै आएका छन्।
विद्यार्थीको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि विविध अतिरिक्त क्रियाकलाप र व्यावसायिक तालिमसमेत कलेजले नियमितरूपमा सञ्चालन गर्दै आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पुरस्कार तथा मान्यता प्राप्त गर्दै आएको यस कलेजको शैक्षिक यात्रा उदाहरणीय बन्दै गएको छ। पिनाकल एकेडेमी कलेजको यो सफलता नेपाली शिक्षा प्रणालीमा गुणस्तरको प्रतीक बनेको छ।
शैक्षिक उत्कृष्टता र छात्रवृत्तिमा नेतृत्व
यस कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू NEB बोर्ड टपरको रूपमा प्रमाणित भइसकेका छन्। जसमध्ये सुमित कुमार चौधरी, प्रनय तिवारी, डा.सुमिना घिमिरे, इन्जिनियर केशव राज पोखरेल र डा.ऋत्विक थापाले नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न छात्रवृत्तिहरू जित्दै नाम चम्काएका छन्।
स्नातक र प्राविधिक शिक्षा उपलब्ध
पिनाकल कलेजले BBM, BBS र B.Sc. Microbiology जस्ता कार्यक्रमहरू त्रिभुवन विश्वविद्यालयसँग सहकार्यमा सञ्चालन गर्दै आएको छ। साथै, पिनाकल टेक्निकल कलेजले Diploma in Pharmacy (CTEVT) लगायत कम्प्युटर, सिभिल, मेडिकल ल्याब टेक्नोलोजीमा प्रस्तावित कार्यक्रमहरू तयार पारेको छ।
प्राविधिक तालिम र व्यावसायिक तयारी
व्यावसायिक दक्षता अभिवृद्धिको लागि पिनाकल ट्रेनिङ एकेडेमीले CA, होटल म्यानेजमेन्ट तालिम र बिजनेस कम्प्युटिङ जस्ता तालिमहरू सञ्चालन गर्दै आएको छ। शिक्षामा गुणस्तर, अनुशासन र सफलताको संगमको नाम हो — पिनाकल एकेडेमी कलेज। 
