गृहमन्त्री लेखकले भिजिट भिसासम्बन्धी आरोपको दुई–चार दिनमा जवाफ दिने,फसाएको कांग्रेसको शंका

फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग सम्बन्धित आरोपको बारेमा दुई–चार दिनमा सार्वजनिक रूपमा बोल्ने बताएका छन्। शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा उनले भने,केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। मैले यस विषयमा धेरै कुरा थाहा पाइसकेको छु। आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई–चार दिनमा आफैं पनि केही कुरा बोल्छु।

गृहमन्त्री लेखकले यस विषयमा पार्टीका साथीहरूलाई चिन्ता गर्नुपर्ने केही कारण नभएको बताएका छन्। जीवनभरि राजनीति गर्दा पार्टीका साथीहरूको मन सानो हुने, टाउको निहुरिने काम गर्दिनँ। जुन दिन मेरा हातले कुनै गलत काम गर्छ, त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दैन,उनले भने।

यसअघि, गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत कर्मचारी विमल पौडेल र गणेशदत्त ओझाले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको आरोपमा अनुसन्धान भइरहेको छ। पौडेललाई नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा मुद्दा लागेको थियो।

गृहमन्त्री लेखकले भनेका छन् कि यस विषयमा उनले धेरै कुरा थाहा पाइसकेका छन् र छानबिनपछि आवश्यक कदम चाल्नेछन्। उनले पार्टीका साथीहरूलाई आश्वस्त गर्दै भने,तपाईंहरूको विश्वास मसँग कायम राख्नुहोस्। म कुनै पनि गलत कार्यमा संलग्न छैन।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाईं फसाएको कांग्रेस भित्र शंका बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा काँग्रेस र एमालेबीच लामो संघर्ष नै चलेको थियो।

ओलीले बोलाएको बैठकमा समेत देउवा नगएपछि सरकारबाट बाहिरिनु पर्ने अवस्था देखेपछि बाध्य भएर प्रधानमन्त्री ओलीले भोली पल्टै काँग्रेसलाइ राष्ट्र बैंकमा काँग्रेस निकट गभर्नर नियुक्ति गर्न सहमत गरेका थिए। काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका गृहमन्त्री लेखक भावी नेतृत्वको विकल्पमा समेत हेरिएका छन्।

भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको विषयले नेपाली राजनीतिमा अहिले तरंग ल्याएको छ।

विशेषतः गृहमन्त्री लेखकसमेत यसमा तानिएपछि अब के हुन्छ भन्ने चासो बढेको हो। जसले यति ठूलो प्रकरणको स्टिङ अपरेसनको उद्देश्यमै प्रश्न उठ्दा कांग्रेसको आगामी कदम के हुन्छ भन्ने राजनीतिक कोणबाट समेत बहस चुलिन थालेएको छ।