भिजिट भिसा प्रकरणः भट्टराईको बयान सुरु नहुदै ५० लाखको अपवाह फैलाइयो

फाइल तस्वीर

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागममा पहिलो पटक स्थलगत निरीक्षणपछि कर्मचारीलाई निर्देशन गर्दै गृहमन्त्री रमेश लेखकले भनेका थिए– अध्यागमनको इमेज बाहिर राम्रो छैन, ख्याल गर्नुस।

कुनैखालको अवान्छनीय गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका मन्त्री लेखकलाई मन्त्रालय सम्हालेको दश महिनापछि नियोजित रुपमा षडयन्त्रमुलक ढंगले त्यही विमानस्थलमा लगेर राजनीति सक्काउने तत्व सक्रिय छ।

लेखकको बदनामीको माहोल तताएर आफ्नो राजनीतिक स्वार्थ पुर्तीगर्नेदेखि गृहप्रशासनमा विचौलियाको काम गर्न छट्पटिएका तत्व लागि परेको छ।

गत जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यामनका प्रमुख सहसचिव ततीर्थ भट्टराई सोधपुछका लागि बोलाउनुअघि गृहमा उनको गुनासो भट्टराईलाई तत्काल गृह मन्त्रालय तानियो।

कार्यालयका प्रमुखबाट तानेर मन्त्रालयमा भूमिका नदिनु पनि एकप्रकारको कारबाहीको सुरुवात हो। भट्टराईमाथि केरकारको सुरुवात नहुदै अख्तियारले नियन्त्रणमा लियो ।

भट्टराईसंगै मोवाइल र ल्यापटप लगायतका उपकरण बरामद गरेको अख्तियारले उनीमाथि सोधपुछ प्रारम्भ नहुँदै भिजिट भिसामा जानेहरुबाट दैनिक ५० लाख रकम संकलन हुने गरेको र गृह नेतृत्वसम्म पुग्ने गरेको अपवाहको भुस केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सल्काइयो ।

पाँच दिन बितिसक्दा पनि अझै भट्टराईमाथि अख्तियारले बयान सघन रुपमा सुरु गरेको छैन् । अर्कोतर्फ बरामद गरिएको उपकरण प्राविधिक जाँचको प्रक्रियामै छ । बयान र उपकरण प्राविधिक जाँचको नतिजा नआउदै नियोजित रुपमा रचिएको योजना गृहमन्त्री रमेश लेखकसम्म पु¥याइयो । ५० लाख दैनिक घुस संकलनको विषय गृह नेतृत्वमाथि जोडेर विभिन्न राजनीतिक दल, नीहित स्वार्थसिद्ध गर्न सक्रिय समुह र मन्त्रीको राजनीतिक करिअरमै धावा बोल्ने गिरोह सक्रिय रहेको तमाम प्रमाणहरु सर्वत्र भइसकेका छन् ।

मन्त्रालय प्रवेशसंगै गृहको नीतिगत र कानूनी सुधारलाई प्राथमिकतामा राखेर जिम्मेवारीमा वजनपुर्ण रुपमा गति लिएका मन्त्री लेखकले महत्वपुर्ण कानूनी सुधारका लागि विधयेकहरु प्रतिनिधीसभासम्म पु¥याउन सफल भए । प्रहरीमा प्रायः हुने गरेको सरुवा÷वढुवामा प्रहरी इतिहासमै पहिलो पटक निश्पक्ष र भेदभावरहित ढंगबाट कार्यसम्पादन भयो ।

विगत पनि सालिन । कानूनाका ज्ञाता, सुझबुझपुर्ण नेताको परिचय बनाएका मन्त्री लेखकले गृह प्रशासन विवादरहित ढंगले हाकिरहेका बेला उनकै पार्टीभित्रका केही नेताहरुको जलन यो घटनासंगै सतहमा आएको छ । गृह प्रशासनको आन्तिरक सुधारका साथै मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न क्रियाशिल मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री लेखकलाई दाग लगाउन विभिन्न षडयन्त्रहरु सक्रिय छन्।

लेनदेनको विषयमा न कसैको बयान, न कुनै प्रमाण, नत संलग्नता नै । हचुवाका भरमा मिसनमा सक्रिय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अपवाह फैलाउनेहरुको नियत विस्तारतै सतहमा आउन थालेको छ । कांग्रेसका नेता कार्यकर्ता एवं आम नागरिक भ्रमित हुनुपर्ने अवस्था होइन ।

किन तारो बने लेखक ?

पार्टीभित्र वा बाहिर अब्बल राजनीतिज्ञको रुपमा स्थापित हुदै गएका नेता लेखकको सफलताको गतिमा पार्टीका भेगीय नेताको टाउको दुखाइँको विषय भएको लामो समय भइसक्यो। त्यो गुट पनि लेखकको बदनामीमै सक्रिय छ ।

पछिल्लो समय गृह प्रशासनको नेतृत्वमा रहँदा नयाँ दलका शिर्ष नेतृत्व कानूनी कठ्घरामा ल्याउनेदेखि, मुलुकको व्यवस्था विरोधी पक्षको गरेको हिंसात्मक आन्दोलनका आरोपित सयौंको संख्यामा नेतादेखि कार्यकर्ता पक्राउ गरि अनुसन्धानको दायरामा ल्याए। भने विगतमा लामो समय सत्तास्वादमा रमेको तेस्रो शक्ति प्रतिपक्षी दल हुदा दुई प्रमुख राजनीतिक दलको सुत्राधारका रुपमा क्रियाशिल रहँदा नेता लेखक थप तारो बने ।

पार्टीभित्र उनले लिइरहेको उचाइप्रति ईश्र्या गर्ने समुह पनि अहिले लेखकको बदनामीमा पर्दापछाडीबाट पनि लागिरहेको छ। गृह नेतृत्वमा आउने कामप्रतिको असहमती वा चित्त दुखाई भन्दा पनि उनको राजनीति सक्काउने गिरोहले कुप्रचार गरिरहेको देखिन्छ ।

शेरादरबार काण्ड, सहकारी प्रकरण, सम्पती जफत र व्यवस्था विरोधी हिंसात्मक आन्दोलन विरुद्ध निर्मम देखिएका लेखकलाई तीनै प्रकरणमा संलग्न समुह, व्यक्ति र तिनीनिकट पार्टीका नेता तथा कार्यकर्ता अहिले लेखक विरुद्ध भ्रम छर्न दिनरात खटिएका छन् ।
चिप्लिए शेखर
पार्टीभित्र र मुलुकको माथिल्लो कार्यकारी भूमिकामा आउन सक्ने नेताका रुपमा हेरिएका कांग्रेस नेता शेखर कोइराला भने प्रायोजित समाचार र सामाजिक सञ्जालको अपवाहको भरमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दा नराम्ररी चिप्लिएका छन् । जेठ १० गते विराटनगर पुगेका नेता कोइरालाले सतही रुपमा पार्टीका जिम्मेवार नेता एवं गृहमन्त्री लेखकको राजीनामा मागेर उनले आफ्नो राजनीतिक स्तर देखाएका छन ।

जसका कारण उनीप्रति आक्रोश पार्टीवृतमा सुरु भएको छ ।
अर्का नेता कृष्ण सिटौलाले शेखरले राजीनामा दिनुपर्ने सुझाएको विराटनगर नै पुगेका बेला आइतबार गृहमन्त्री रमेश लेखकको राजीनामा आवश्यक नरहेको आसय व्यक्त गरे ।

उनले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । नेता सिटौलाले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्नेमा जोड दिए।

अध्यागमनको भिजिट भिसा प्रकरणमा आफू संलग्न देखिएको प्रमाणि भए पदबाट मात्र नभई राजनीतिबाट टाढा रहने मन्त्री लेखकले उद्घोष गरिसकेका छन् । उनले घटनाको विस्तृत आगामी प्रतिनिधिसभामा प्रस्तुत गर्ने बताएका छन् ।