गृहमन्त्रीसँग वार्ताका लागि मन्त्रालय पुगे यातायात व्यवसायी

काठमाडौं । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी चक्काजाम घोषणा गरेका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच छलफल भइरहेको छ ।
गृहमन्त्रालयमा अहिले दुई पक्षबीच छलफल जारी छ । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा यातायात व्यवसायीले आज देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन् । गाडी नचल्दा यात्रीहरु मर्कामा परेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिनेगरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको आन्दोलनको कारण काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कममात्र चलेको जनाएको छ ।
