रमण कन्स्ट्रक्सनका सञ्चालक महतो पक्राउ
काठमाडौं। रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो पक्राउ परेका छन्। उनलाई ठगी तथा आपराधिक विश्वासघात आपराधिक लाभसम्बन्धी कसुरमा मंगलबार काठमाडौंबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले पवनलाई पक्राउ गरि धनुषा पठाइएको जानकारी दिए । रमण कन्स्ट्रक्सन प्रालिमा सञ्चालकमध्येका एक हुन्।
पवनका बुवा बलराम महतो र उनका अर्का छोरा रमणविरूद्ध पनि प्रहरीसँग पक्राउ पुर्जी छ। दुबै जना भने फरार छन्। उनीहरूविरुद्ध गत जेठ ६ गते जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको थियो।
दिगहवा लोखरम रोड निर्माणको लागि ठेक्का लिएका रमण कन्ट्रक्सनले बैंक ग्यारेन्टी राखिएको रकम आफूलाई फाइदा हुने मनसायले तानेपछि उनीविरुद्ध उजुरी परेको थियो।
