सुनको मूल्य स्थिर हुँदा चाँदी बढ्यो,तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बिहीबारकै कायम भएको हो।
आज सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ७५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
