पोर्चुगलले भन्यो- ३,२७९ नेपालीलाई देश छाड्नु
काठमाडौं। पोर्चुगल सरकारले ३,२७९ नेपालीसहित ३३,९८३ आप्रवासीलाई अस्थायी आवास अनुरोध अस्वीकार गर्दै जुन महिनाको तेस्रो हप्तासम्म स्वैच्छिक रूपमा देश छाड्न सूचित गरेको छ।
यो सङ्ख्या आवेदन दिएकामध्ये १८.५५ प्रतिशत हो। अस्वीकृत आवेदकलाई २० दिनभित्र देश छाड्नुपर्ने कानुनी प्रावधान छ, नत्र जबरजस्ती निष्कासन हुन सक्छ।
सबैभन्दा बढी भारतीय ९१३,४६६०, ब्राजिलियन ९५,३८६०, बंगलादेशी ९३,७५००, नेपाली ९३,२७९० र पाकिस्तानी ९३,००५० को आवेदन अस्वीकृत भएको मन्त्री एन्टोनियो लेइटाओ अमारोले प्रेस सम्मेलनमा बताए। आवेदन अस्वीकार हुनुमा अपूर्ण कागजात, जवाफ नदिनु र आपराधिक रेकर्ड मुख्य कारण रहेका छन्।
आप्रवासी व्यवस्थापन गर्ने एजेन्सी ‘आइमा’ले १,८४,०५९ आवेदनको प्रक्रिया पूरा गरेको छ। बाँकी २ लाख आवेदनको छानबिन जारी छ, जसले गर्दा देश छाड्नुपर्ने आप्रवासीको सङ्ख्या थप बढ्ने अनुमान छ।
