दाङमा बस दुर्घटना, २५ जना घाइते

काठमाडौं। दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते भएका छन्। आइतबार बिहान दंगीशरणको गोलटाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको बस बखरिया ओरालोमा सडकबाट झण्डै पाँच मिटर तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहले दुर्घटनाका घाइतेलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।