टोखामा लागुऔषध कारोबारीलाई गोली हानेर समातियो, प्रहरी पनि घाइते
काठमाडौं। लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको टोखामा गोली चलाएर कारोबारीलाई समातेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जनक शाहीले २ जनालाई पहिले र प्रहरीमाथि आक्रमण गर्ने २ जनालाई गोली प्रहार गरेर पक्राउ गरिएको जानकारी दिए।
टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर कारोबारीसँग जम्काभेट भएको जनाइएको छ। सो क्रममा प्रहरी पनि घाइते भएका छन्।
