पुरानो व्यवस्थामा कुनै हालतमा फर्कँदैन: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुुक कुनैपनि हालतमा पुुरानो व्यवस्थामा नफर्कने बताएका छन्।

अन्नपूूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुुक पछाडि नफर्कने बताएका हुन् ।

‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ। राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढंगले काम गर्नुपर्छ’, उनले भने’ मुलुकमा कुनै पनि हालतमा पुरानो व्यवस्था फर्कँदैन।

साथै, उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुुग्ने गरेको बताए । कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने पनि उनले बताए।