रास्वपा र रविमाथि अन्याय नहोस् भनेर लागेँ,अझै लाग्छु:अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भनेर आफूले अन्तिमसम्म प्रयास गरेको दावी गरेका छन्।

सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उनले यस्तो दावी गरेका हुन्। भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरूले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताए। अझ पनि त्यही प्रयासमा आफू रहेको बताए। रास्वपाका नेताहरूले यो कुरा पछि बुझ्ने प्रचण्डको कथन छ।

प्रचण्डले भने,सदनको अहिले भइरहेको परिस्थितिबारे समीक्षा गरिएको छ। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो। अझै गर्दै छु। रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ।

अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताए। समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल भएको बताए।