आज ६ संसदीय समितिको बैठक बस्दै,यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बिहान ११ बजे चार समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा वाग्मती प्रदेशस्थित दोलखालगायत क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ । त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
सोही समय बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिका विषयमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
