लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं। लागुऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्। सर्लाही, ब्रह्मपुरी गाउँपालिका-४ बाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम १ हजार २ सय ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-२४ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले भारतको सोनवर्षाबाट भेल्हीतर्फ जाँदै गरेको म.प्र-०३-००१ ह २२२१ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-१८ एफ गाउँबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय धरम पाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ घुर्सुवाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित घनगढी उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय भक्तराज रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट लागुऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ४ सय मिलिग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२ बस्ने २२ वर्षीय बिजय सुनार, हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ३१ वर्षीय राज कुमार खड्का र सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने १८ वर्षीय किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०३-००६ प १०१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागुऔषध ट्रामाडोल २५ हजार ४ सय ५५ ट्याब्लेट सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी पंचमिडिया बस्ने २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय संजित कुमार यादव र ३५ वर्षीय सिकन्दर महतो रहेका छन्। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बीआर ०१ एडब्लु १४०४ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको सिट मुनि र डिक्की भित्र फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त लागुऔषध फेला पारी चालक उपेन्द्र र कारमा सवार संजित र सिकन्दरलाई पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-५ झर्नाचोक डेरा गरी बस्ने १९ वर्षीय सुदिप भन्ने मुन्सन राईलाई नियन्त्रित लागुऔषध ट्रामाडोल ८ हजार ८ सय ७६ ट्याब्लेट, स्पास ७ हजार ८ सय ९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेस्ट २ सय ९५ ट्याब्लेट र कोलिवन ३ सय १२ ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १८ ट्याब्लेट सहित भक्तपुर लोकन्थली बस्ने जुम्ला गुठीचौर गाउँपालिका-६ घर भएका २५ वर्षीय विवस कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
कपिलवस्तु, बुद्धभुमि नगरपालिका-२ गोरूसिङगे बजारबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय शिव लामिछाने र अर्घाखाँची मालारानी गाउँपालिका-२ खन बस्ने २३ वर्षीय सुदन परियार रहेका छन्। इलाका प्रहरी कार्यालय गोरूसिङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
