एमालेको राजनीतिमा जोडिएको भण्डारीको घोषणा
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को राजनीतिमा सक्रिय रूपमा जोडिने घोषणा गरेकी छिन्। स्व. मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यो घोषणा गरेकी हुन्।
उनले एमालेको सदस्यता नवीकरण गर्दै पार्टीको राजनीतिक यात्रामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। ‘राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि, मैले नेकपा (एमाले) मा रही राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यले पार्टी सदस्यता नवीकरण गरेको छु,’ उनले भनिन्। ‘म अब एमाले परिवारको एक सदस्यका रूपमा पुनस् जोडिएको छु र यसमा गर्व गर्छु।
भण्डारीले आफ्नो कुनै व्यक्तिगत महत्वाकांक्षा नरहेको उल्लेख गर्दै देश र जनताको हित नै आफ्नो मुख्य लक्ष्य रहेको बताइन् ।’जननेता मदन भण्डारीले भन्नुहुन्थ्यो— जनता नै भगवान हुन्, र राजनीतिमा थकाइ भन्ने हुँदैन,उनले भावुक हुँदै भनिन्।आज यहाँहरूका बीचमा उभिँदा मैले उहाँका ती भनाइहरूलाई स्मरण गरेको छु।
उनले राजनीतिक यात्राले आफूलाई धेरै कुरा सिकाएको र परिपक्व बनाएको बताउँदै भनिन्, ‘मदन भण्डारीका आदर्शलाई आत्मसात् गर्दै म समर्पित भावनाले अगाडि बढिरहेकी छु । यो यात्रामा मैले राजनीतिक उतारचढावबाट धेरै अनुभव प्राप्त गरेको छु ।’
