कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। सोमबारदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन्। सभापति देउवाले बिहान १० बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्ने गरि बैठक बोलाएको एक पदाधिकारीले बताए।
कांग्रेसको यस केन्द्रीय समितिको बैठकमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समिति बारे निर्णय हुनसक्ने बताइएको छ।
कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई निर्देशन दिएपनि उनीहरूले सो समयमा महाधिवेशन गर्न सकेका छैनन् भने पार्टीले ति तदर्थ समिति बारे अहिलेसम्म निर्णय लिएको छैन।
यस बारे केन्द्रीय समितिको बैठकमा सरकारको काम प्रभावकारी नभएको विषयमा समेत छलफल हुने बताइएको छ।
कांग्रेसका दुवै महामन्त्री सरकारको काम बारे असन्तुष्ट छन्। उनीहरुले सरकारले ल्याएको बजेट बारे कुनै टिप्पणी नै गरेनन्।
