नौ महिनापछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै,यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट बस्दैछ । विधानअनुसार दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो।
आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ।
बैठकमा १०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेस हुनेछ। साथै, पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयले गरेका कामको जानकारी दिने बताइएको छ।
