श्रीमतीको हत्या गरेर भागेका श्रीमान् ३ वर्षपछि पक्राउ
काठमाडौं । श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान् तीन वर्षपछि पक्राउ परेका छन् । श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरि फरार भएका रौतहटको इशनाथ नगरपालिका–४ घिउरा टोलका फैयाद मिया मन्सुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले २६ माघ ०७८ मा गहुँ खेतमा सलले घाँटीमा बेरेर मुखमा पनि सल कोचेर हत्या गरेको आरोप लागेको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए।
पक्राउ परेका अन्सारीविरुद्ध रौतटह जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
