आज मिति २०८२ साल असार २२ गते आइतबार सूर्य देव भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- श्रमको उचित मूल्य प्राप्त हुने समय छ । लगनशीलताले काममा उत्साह बढ्नेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने अवसर आउन सक्छ । सामाजिक रूपमा आतिथ्यपूर्ण सम्मान पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्न सक्ने भएपनि व्यवसायबाट भने लाभ हुने संकेत छन् । नयाँ काम सुरु गर्न अनुकूल समय हो । व्यापारमा पनि राम्रो धन लाभ हुनेछ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- सहयोगीहरूको साथ पाइने भएकाले अप्ठ्यारा कामहरू पनि सजिलै सम्पन्न हुनेछन् । व्यापार व्यवसायमा लाभ मिल्नेछ । परिश्रमले अरूलाई प्रभावित गर्न सकिनेछ । सामान्य प्रयासबाटै सफलता हात लाग्नेछ । वैदेशिक क्षेत्रका अधुरा कामहरू पूरा हुनेछन् । साथीभाइको सहयोगले थप सहजता आउनेछ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- विवादमा पर्ने सम्भावना देखिन्छ । सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । सोच विचार नगरी बोलेमा समस्या निम्तन सक्छ । सामाजिक प्रतिष्ठा भने बढ्नेछ, र कामको प्रशंसा पाइनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । कडा प्रयास गरेपनि सफलता ढिला हुन सक्छ । बादविवाद हुने सम्भावना समेत देखिन्छ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आफन्तहरू टाढिने तथा सहयोगीहरूले पनि साथ छाड्ने सम्भावना छ । यद्यपि, पहिलेका कमजोरी सुधार गर्ने अवसर मिल्नेछ । टाढिएका व्यक्तिहरूको सहयोग पुनस् प्राप्त हुन सक्छ । शिक्षा क्षेत्रमा सफलता मिल्ने सम्भावना छ । व्यापारबाट अपेक्षित लाभ प्राप्त हुनेछ । तर नयाँ काम सुरु गर्ने समय भने खासै अनुकूल छैन । कार्यमा हैरानी बढ्न सक्छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- मान सम्मान र प्रतिष्ठा प्राप्त गर्ने समय आएको छ । राजनीति तथा जागिरमा प्रसिद्धि बढ्नेछ । आम्दानीमा वृद्धि हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने अवसर मिल्नेछ । भौतिक सुख सुविधा प्राप्त हुनेछ । शिक्षा क्षेत्र शुभ रहनेछ। सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निभाउनुपर्नेछ, जसले प्रतिष्ठामा वृद्धि ल्याउनेछ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- दिगो लाभ हुने काम तथा जिम्मेवारी हात पार्ने अवसर मिल्नेछ । रोकिएका कामहरू पूरा हुनेछन् । काम बनेपनि जिम्मेवारी र बोझ बढ्न सक्छ । सुख दुस्खमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । आरामदायी यात्रामा रमाइलो हुनेछ । बोलीमा सावधानी नअपनाए झूटा आरोप लाग्न सक्छ । परिवारबाट टाढा रहनुपर्ने परिस्थिति आउन सक्छ । साहित्यिक कार्य प्रति रुचि बढ्नेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- मौसमी रुघाखोकी, टाउको तथा आँखा सम्बन्धी समस्या देखिन सक्छ । स्वास्थ्यमा कमजोरी रहेपनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चिनुपर्ला । पेट सम्बन्धी समस्याले सताउन सक्छ । पढाइ लेखाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ । पिडा दिनेहरू सक्रिय हुन सक्ने भएकाले अत्यन्त सतर्क रहनु आवश्यक छ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामका सिलसिलामा उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट हुनेछ । प्रतिस्पर्धा र चुनौती देखिए पनि बुद्धिको प्रयोगले सजिलै पार पाउने समय हो । कोसिस गरे अवसरहरू हात लाग्नेछन् । आर्थिक पक्ष सबल बन्नेछ । विवेकले गरिएको कामले राम्रो परिणाम ल्याउनेछ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- समय लाभदायक देखिन्छ । व्यवसायिक क्षेत्रमा राम्रो फाइदा हुनेछ । प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्नेछ । व्यापारमा पनि लाभ हुनेछ, यद्यपि खर्चमा वृद्धि देखिन्छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँट र साहसले सफलता मिल्नेछ । आर्थिक लाभको राम्रो सम्भावना रहेको छ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- व्यवसायबाट अपेक्षित लाभ प्राप्त हुनेछ । व्यवहारिकताको प्रयोगले अरूको मन जितेर अवसर प्राप्त गर्न सकिनेछ । टाढाको यात्रा सम्भावना देखिन्छ । आम्दानी बढ्ने भएपनि चोट पटकको सम्भावना रहन्छ, सतर्क रहनुहोला । मित्रहरूको साथ सहयोग पाइनेछ । सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान पुर्याउँदा मान सम्मान प्राप्त हुनेछ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- आकस्मिक खर्च बढ्ने सम्भावना छ । आर्थिक अभावका कारण कामहरू स्थगित हुन सक्छन् । झमेला, विवाद र चोट पटकको योग छ । कामको चाप पनि बढ्नेछ । नयाँ काम सुरु गर्न सकिने समय भएपनि खर्चको मात्रा उच्च रहनेछ । काममा ढिलाइ र आर्थिक क्षतिको सम्भावना देखिन्छ, सावधानी अपनाउनुहोस् ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनमा क्षति पुग्न सक्छ । पठन पाठनमा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ । स्वास्थ्य सम्बन्धी समस्याले दैनिक काम तथा अध्ययन प्रभावित गर्न सक्छ । काममा पनि चुनौतीहरू देखिनेछन् । सतर्कताका साथ अघि बढ्न आवश्यक छ।
