एकदिवसीय वरियता नेपाल यथावत

काठमाडौं। आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा रहेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा कायम छ।

वरियताको शीर्ष स्थानमा भारत यथावत छ। यसैगरी दोस्रोदेखि १०औं स्थानमा क्रमशः न्युजिल्यान्ड, अस्ट्रेलिया पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान बंगलादेश र वेस्ट इन्डिज छन्।

पाकिस्तान र बंगलादेशले एक स्थान सुधार गर्दा श्रीलंका र वेस्ट इन्डिज एक स्थान खस्किएका छन्।