दिपक अर्याल त्रिविको उपकुलपति नियुक्त
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन्। कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख समेत रहेका अर्याललाई उपकुलपति नियुक्त गरेका हुन्।
शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा.विनिल अर्यालको नाम सिफारिस गरेको थियो।
तीन जनामध्येबाट ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका हुन्। १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो।
