‘तितरवितर’ माओवादी एकजुट हुनुपर्छ: अध्यक्ष भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा।बाबुराम भट्टराईले पूर्वमाओवादी घटकहरू एकजुट हुनुपर्ने बताएका छन् । माओवादी आन्दोलन सफल भएको दाबी गर्दै उनले नेताहरूको फुटका कारण आन्दोलन कमजोर भएको र पुनः एकीकरणले सकारात्मक परिणाम ल्याउने बताएका हुन् ।

उनले भने,’माओवादी आन्दोलनसँग जोडिएका, तर अहिले विभिन्न धारमा छरिएका साथीहरूबीच पछिल्लो समय एउटा सोच बलियो बन्दै गएको छ । ताहरू फुटे, आन्दोलन कमजोर भयो, फेरि एकजुट भए सबै ठिक हुन्छ । यो पवित्र तर केही हदसम्म सरल सोच हो । यसबारे गहन बहस र तथ्यपूर्ण विश्लेषण आवश्यक छ, जुन समयक्रममा हुने छ।

भट्टराईले माओवादी आन्दोलनको सफलतारअसफलता, यसको पुनर्गठन र तत्कालीन गल्तीहरूबारे पनि चर्चा गरे। उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सही मूल्याङ्कन गरी शान्तिप्रक्रियामा आए पनि मुख्य नेतृत्वमा रहेका प्रचण्डको दोधारे नीति र अवसरवादी अडानले सम्भावित उपलब्धिहरू गुमे।

विशेषगरी, २०६४ साउनको बालाजु भेलामा प्रचण्डको ‘मुखमा संविधानसभा निर्वाचन, मनमा सशस्त्र विद्रोह’ भन्ने दोधारे कुराले पार्टीभित्र गहिरो विभाजन ल्यायो, जनमानसमा भ्रम सिर्जना गर्‍यो र पार्टीलाई दीर्घकालीन क्षति पुर्‍यायो ।’