आज मिति २०८२ साल असार २८ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीको दर्शन गरि राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- अचानक आम्दानीको योग छ। पैसाको आगमन हुनेछ । लामो दूरीको यात्रा प्रारम्भ हुने सम्भावना छ । साथीभाइ र परिवारको साथले सुख र शान्तिको अनुभूति हुनेछ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- नसोचेको स्थानमा खर्च हुन सक्छ। अनावश्यक खर्चले मनमा निराशा र तनाव ल्याउन सक्छ, खर्चमा नियन्त्रण आवश्यक छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आफन्तजनसँगको मिलनले मन प्रफुल्ल हुनेछ । प्रिय व्यक्तिको साथ र भेटघाटले सकारात्मक ऊर्जा प्राप्त हुनेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- पैसा कमाउने अवसरहरू प्राप्त हुनेछन् । बचतको सम्भावना पनि प्रबल छ । नयाँ कामको योजना बन्ने संकेत छन् ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- मनोरञ्जनात्मक तरिकाबाट काम अगाडि बढ्नेछ । नयाँ योजनाहरू निर्माण हुनेछन् । रमाइलो वातावरणमा कार्य गर्ने अवसर मिल्नेछ । पशुधन र जमिनबाट सामान्य लाभ पनि हुन सक्छ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- वादविवादको सम्भावना देखिन्छ, सतर्क रहनु उपयुक्त हुनेछ । आगो वा मेसिनरी उपकरणबाट जोगिनुहोस् । आजका योजनाहरू पूर्णरूपमा कार्यान्वयन नहुन सक्छन्।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- पेसागत कार्यमा अलिकति भय वा तनाव रहन सक्छ । मान सम्मान प्राप्त भए तापनि मनमा शंका वा डर रहिरहनेछ । स्वास्थ्यका हिसाबले समय राम्रो रहनेछ। आर्थिक लाभको संकेत पनि देखिन्छ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज रमाइलो र मनोरञ्जनले भरिएको दिन रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मन प्रसन्न रहनेछ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- अप्रत्याशित रूपमा लाभ हुने दिन हो । कार्यमा मन जानेछ र व्यवसायमा थप लगानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा संलग्न भएकाहरूलाई फाइदा हुने संकेत छ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- अनावश्यक झमेलामा परिने सम्भावना छ । केही हानि हुन सक्ने भएकाले विशेष सावधानी अपनाउनुहोस् । शत्रु वा नकारात्मक व्यक्तिहरू सक्रिय हुन सक्छन्। स्वास्थ्यमा ध्यान दिनुहोस्।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- धन आर्जनका लागि अनुकूल दिन हो । कृषि तथा अन्न सम्बन्धी काममा लाभ प्राप्त हुनेछ । अरूको समर्थन र साथ पनि पाउने समय हो ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- राम्रो आम्दानीका कारण सुख मिल्नेछ। आर्थिक क्षेत्रमा प्रगति हुनेछ । नसोचेको स्रोतबाट धन लाभ भई मन हर्षित हुने सम्भावना छ।
