आज मिति २०८२ साल असार ३० गते सोमबार पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आजको दिन व्यक्तिगत प्रतिष्ठा र आत्मविश्वास बढ्नेछ । कार्य क्षेत्रमा अवसरहरू आउन सक्छन्, पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुने संकेत छ । राजनीतिमा सक्रिय हुनुहुन्छ भने सम्मान पाउने सम्भावना छ । प्रेम सम्बन्धलाई प्राथमिकता दिन केही समय छुट्याउनु राम्रो हुनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- महत्त्वपूर्ण व्यक्तिहरूसँगको सम्पर्कले लाभ हुनेछ । रोकिएका काम अघि बढ्नेछन्। कारोबारमा वृद्धि र आम्दानी बढ्ने समय छ। सामाजिक वा पारिवारिक जिम्मेवारीमा समय दिनुपर्ला, तर आफ्ना काममा असर पर्नेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- नकारात्मक विचारले मनमा प्रभाव पार्न सक्छ, त्यसैले सकारात्मक सोच राख्नुहोस्। अनावश्यक खर्च र तनाव बढ्न सक्छ। परिस्थिति नियन्त्रण गर्न आत्म अनुशासन र सक्रियता जरुरी छ । स्टाफसँग तालमेल कायम गर्नु उत्तम हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- मन रमाउने दिन, यात्राको सम्भावना छ । प्रेममा नयाँ प्रस्ताव मिल्न सक्छ । कुनै अड्किएको प्रशासनिक काम बन्नेछ । लगानी गर्न चाहनुहुन्छ भने जीवनसाथीको नाममा गर्नु लाभदायक हुनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- विरोधीहरू सक्रिय हुने दिन, संयमित र सतर्क रहनुहोस् । अध्ययन वा बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । पुराना सहयोगी प्रतिस्पर्धामा आउन सक्छन्, तर तपाईंले आत्मबलका साथ काम अघि बढाउनु पर्छ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- पढाइ र सिर्जनात्मक कार्यमा सफलता मिल्ने दिन छ । वैज्ञानिक, प्रविधि र अनुसन्धानतर्फको झुकाव बढ्नेछ । नयाँ ज्ञान प्राप्त गर्ने समय हो । कल्पनाशीलता बढ्नेछ तर काममा ध्यान केन्द्रित गर्नुपर्छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- सहकर्मी वा साथीहरूसँग मनमुटाव हुन सक्छ, धैर्य आवश्यक छ । केही लाभदायक कारोबारबाट फाइदा मिल्नेछ । दाम्पत्यमा चिसोपन हुन सक्छ, गोप्य कुरा लिक हुँदा सावधान रहनुहोस् ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सार्वजनिक वा सामाजिक काममा ध्यान केन्द्रित हुनेछ । करियरमा परिवर्तन वा उच्च शिक्षा सम्बन्धी सोच आउनेछ । पुराना समस्याहरू सुल्झाउने प्रयास गर्नुहोस् । कामको चाप बढ्न सक्छ, सन्तुलन आवश्यक छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- अतिरिक्त आम्दानीको सम्भावना, नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ । अध्ययन वा गणितीय काममा ध्यान दिनु राम्रो हुन्छ । कुनै आकस्मिक निर्णयले असहज स्थिति सिर्जना गर्न सक्छ, विचारपूर्वक अघि बढ्नुहोस्।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- घरपरिवारमा सुखद वातावरण रहनेछ। भावनात्मक क्षणहरू अनुभव हुन सक्छन् । नयाँ रणनीति बनाएर काम गर्दा आर्थिक स्थिति सुधार हुनेछ । अनुसन्धान र पढाइमा राम्रो प्रगति हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- व्यवसायमा लाभ हुने संकेत भए पनि लगानीमा सतर्कता अपनाउनुहोस् । खर्च बढ्न सक्छ, ऋण लिने सम्भावना छ । अध्ययनमा मन नलाग्न सक्छ, मनोबल घट्न नदिन आत्मसंयम आवश्यक छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- शत्रुबाट सजग रहनुहोस्, तर परिश्रमले सफलता मिल्ने दिन हो। व्यक्तिगत खुसी र प्रेम सम्बन्ध सुधार गर्न प्रयास गर्नुहोस्। पारिवारिक मामिलामा केही तनाव आउन सक्छ, तर संवादमार्फत समाधान खोज्न सकिन्छ।