आज सुनचाँदीकै मूल्य बढ्यो,ताेलामा कति ?
काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो।
हिजो आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको चाँदी बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
