पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो। बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ।