आज मिति २०८२ साल साउन २ गते शुक्रबार लक्ष्मी माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- व्यस्त र तीव्र दिन रहनेछ, तर खर्च बढ्ने सम्भावना छ । पठन पाठनमा बाधा आउने र मानसिक तनावले चिडचिडाहट थप्नेछ । आर्थिक बोझ र मान प्रतिष्ठामा असर पुग्न सक्छ । जोखिम र रिस्कभित्र कुनै निर्णय नगर्नु शुभ हुनेछ ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- जिम्मेवारी बाहिरका कामले समय लिन सक्छ, तर कुनै विशेष कार्य सफलतापूर्वक सम्पन्न हुनेछ । सहकर्मी र साथी प्रतिको समझदारीले प्रेम सम्बन्ध बढ्नेछ। परिवार र आत्मीयताको माहौल सकारात्मक रहनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- व्यवस्थापनमा सहयोगीहरूसँग मिलेर काम अघि बढ्नेछ, नयाँ प्रविधिले उत्पादनमा वृद्धि ल्याउनेछ । वातावरण सुखद र आनन्दमयी रहनेछ । परीक्षा वा अन्तर्वार्ताका लागि तयारी गर्दा अनुभव हासिल हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- परिवारजन र मित्रहरूको सहयोग रहनेछ, तर संवेदनशील बन्न नपाइने दिन हो । उत्कृष्ट कार्यफलका साथै अवसर प्राप्त हुन सक्छ । सामाजिक व्यस्तताले समय कम मिल्नेछ । साथीरपार्टनरसँग भेटघाटले मन रमाउन सक्छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- गुप्तरगोप्य पक्षबाट लाभ मिल्ने समय हो । अनुसन्धान, कुटनीति र संवेदनशील क्षेत्रमा प्रगति सम्भाव्य छ । परिश्रमी बाँकी रकम उठाउन सकिने अवस्था छ । षड्यन्त्र र पारिवारिक असन्तुष्टि उत्पन्न हुन सक्छ, जसले मनमा तनाव ल्याउन सक्छ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- आम्दानी राम्रो रहेको छ, तर मन संवेदनशील र चञ्चल हुन सक्छ । पारिवारिक खर्च बढ्नेछ तर जीवनसाथीको समर्थनले मन हलुका हुनेछ । आराम र मनोरञ्जनमा लाग्न मन लाग्छ, यद्यपि दीर्घकालीन प्रयत्नले उज्ज्वल भविष्य निर्माण गर्न सहयोग गर्छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- तपाईंको परिश्रमको फल अरूले चोर्न खोज्न सक्छन्, तर शुभचिन्तकहरूको साथले प्रगति सम्भव छ । भेटघाट र मित्रता बढ्नेछ, मन चञ्चल र चिडचिडा हुन सक्छ ।अनावश्यक गफ र गुनासोबाट टाढा रहनु होला । लेखन, पत्रकारिता, वकालत वा कृषि क्षेत्रमा सकारात्मक दिन हो ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- दूर रहेका छोराछोरीरबालबालिका सम्बन्धी राम्रो समाचार प्राप्त हुनेछ । योजनाबद्ध लक्ष्य पुरा गर्न सकिनेछ । पढाइ र रचनात्मक कार्यका लागि सकारात्मक समय हो । परीक्षा वा प्रतिस्पर्धामा विजय पुग्न सक्छ । भावुक हुँदै पनि बौद्धिक क्षमता प्रयोग गर्नु महत्वपूर्ण छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- पारिवारिक तनावले पढाइ र काममा ध्यान खिन्न हुन सक्छ । अनुशासित व्यवहार बनाउने र आक्रामकता संयमित गर्ने समय हो । घर परिवारका लागि समय निकाल्न जरुरी छ । दिन व्यस्त रहनेछ, परिवारको साथले मन हलुका पनि बन्न सक्छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- एकअर्कालाई बुझेर कार्य गर्नु सम्बन्धलाई मजबुत बनाउँछ । साथीहरूबाट सहयोग मिल्नेछ । भाइबहिनीको खुशीको लागि खर्च बढ्नु सम्भव छ । कारोबारमा अलि मन्दी देखियो भने, मेहनत गरिराख्नु होला, अवसर प्राप्त हुनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- समुचित कार्यमा कम बोल्नु फाइदाजनक हुनेछ( अदालत, भेटहरूमा बोली नै शक्ति बन्यो । रूप(रूपसज्जामा खर्च बढ्न सक्छ । सोचेभन्दा बढी लाभ प्राप्ति सम्भावना छ । प्रतिष्ठा र दिखावटका लागि खर्च हुन सक्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- प्रयास सफलताबाट प्रेरित हुन्छ, उच्चशिक्षा वा अनुसन्धानमा प्रगति हुनेछ । विद्यार्थीहरूमा उच्छृङ्खलता नियन्त्रण गर्ने समय हो । निर्णय क्षमता बढ्ने, रचनात्मक ऊर्जा विकसित हुनेछ । तर अहंकार र जिद्दीपनले अवरोध ल्याउन सक्छ ।