श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

काठमाडौं। सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १९ हजार नाघेको छ।श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएको हो।

मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आव (१ साउन) देखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि भएको हो।

समितिले सरकारलाई सिफारिस गरेपछि न्यूनतम पारिश्रमिक बढेको हो।

सिफारिस अनुसार अब श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० पुगेको छ। ३२ असारसम्म श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो।