कम्युनिस्ट समाजवादी पार्टीको राष्ट्रिय मुक्ति एकता अभियान काँकटभिट्टाबाट सुरु
काठमाडौं। कम्युनिस्ट समाजवादी पार्टीका संयोजक हरिकृष्ण गजुरेल `भाष्कर´ ले राष्ट्रिय मुक्ति एकता अभियान पूर्वी नेपालको काँकटभिट्टाबाट सञ्चालन गरिएको घोषणा गरेका छन्। वर्तमान राजनैतिक व्यवस्थालाई जरैदेखि परिवर्तन गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानलाई देशभर पुर्याउने पार्टीको योजना छ।
संयोजक गजुरेलले यो अभियान पूर्वदेखि पश्चिमसम्म सञ्चालन गर्दै लैजाने बताए। उनका अनुसार यो राष्ट्रिय मुक्ति एकता अभियान देशभरका जनता सामु लैजाने पार्टीको निर्णय अनुसार सुरु गरिएको हो। वर्तमान व्यवस्थालाई जरैदेखि उखेल्नु पर्ने बेला आएकाले सबै जनतालाई सचेत गराउन यो अभियान आवश्यक भएको उनले औंल्याए।
वर्तमान व्यवस्थाबाट जनताको हित नभएको देखेपछि आफ्नो पार्टीले यो व्यवस्था हटाउन राष्ट्रिय मुक्ति एकता अभियान मार्फत देशभरका जनता सामु जाने निर्णय गरेको संयोजक गजुरेलले स्पष्ट पारे। उनले आफ्नो पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डा पनि अगाडि सारेको बताएका छन्।
राष्ट्रिय मुक्ति क्रान्तिको विचारमा आधारित समाजवादी गणतन्त्र र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा अघि बढ्ने पार्टीको निर्णय अनुसार यो अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। यो अभियानले बाह्य हस्तक्षेप र आन्तरिक शोषणविरुद्ध जनतालाई सुसूचित गर्दै देशभर पुग्ने लक्ष्य राखेको छ।
वर्तमान दलाल संसदीय व्यवस्थाबाट देशलाई मुक्त गरी स्वाधीन, समृद्ध र कानुनी राज्य निर्माण गर्न प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य भएकोले अभियान मार्फत जनता सामु जानु परेको संयोजक गजुरेलले बताए। उनका अनुसार पार्टीले गाँस, बास, कपास र रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्य सेवाको पूर्ण राष्ट्रियकरण तथा सर्वसुलभता सुनिश्चित गर्न जनतासम्म पुग्नु परेको बताएका छन्।
विभिन्न जिल्लामा रहेका नेता कार्यकर्ताहरू र जनतासँग अन्तरक्रिया गर्दै देशभर पुग्ने पार्टीको योजना अनुसार यो अभियान सञ्चालन गरिएको उनले थपे। यो अभियानले नेपालको राजनैतिक परिदृश्यमा नयाँ आयाम ल्याउने पार्टीको दाबी रहेकाे छ।
