आज मिति २०८२ साल साउन ६ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- जोखिमपूर्ण कामबाट फाइदा हुनेछ, विगतका कुराहरू पुनस् प्राप्त हुने संकेत छ । बुद्धि र विवेकको प्रयोगले सफलता मिल्नेछ, पारिवारिक सुखमा बृद्धि हुनेछ। छोरा छोरीबाट सन्तोष मिल्नेछ, आत्मबल बढ्नेछ । परीक्षा वा प्रतिस्पर्धामा मिहिनेतको खाँचो देखिन्छ ।
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- जिम्मेवारी बढ्ने समय हो, हाकिम र घरका अभिभावकको साथ पाइनेछ । सेवामा निष्ठा देखाउँदा मान्यता मिल्नेछ । पुरस्कार र उपलब्धिको सम्भावना छ, मिहिनेत गर्नु आवश्यक छ । कामको चाप बढ्न सक्छ, प्रेम र समझदारी कायम रहनेछ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- महत्त्वपूर्ण व्यक्तिसँग भेटघाट हुनेछ, काममा सफलता मिल्ने दिन हो । जग्गा, ढुवानी वा निर्माण सम्बन्धी काममा फाइदा हुनेछ । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भइनेछ । बुद्धि कौशलले मान्यजनको सम्मान प्राप्त हुनेछ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आत्मिक विषय र रहस्यतर्फ रुचि बढ्नेछ, समस्याको समाधान खोज्न सकिनेछ । थकान र उत्साहमा कमी आउन सक्छ, तर हिम्मत हार्नु हुँदैन । आफन्तका लागि पनि तपाईको दृढता आवश्यक हुनेछ । सतर्क र सकारात्मक सोचले राम्रो दिशा देखाउनेछ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- एकान्त चाहिने मनस्थिति बन्नेछ, आफ्ना भावना साथीलाई भन्नु उपयुक्त हुन्छ । प्रतिस्पर्धी वा शत्रुसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । खटाइ अनुसार लाभ मिल्नेछ, व्यस्तता बढी हुने दिन हो । पारिवारिक सम्बन्धलाई पनि ध्यान दिनु राम्रो हुन्छ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- स्वास्थ्यमा कमजोरी महसुस हुनेछ, खानपान र व्यवहारमा ध्यान दिनुपर्छ । महत्त्वाकांक्षा बढेपनि नचिताएको घाटा हुन सक्छ । साथी वा साझेदारसँग असन्तोष हुन सक्छ । घमण्ड र जिद्दी त्यागेमा बहसमा जित पाउन सकिनेछ ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- कसै प्रति आकर्षण बढ्नेछ, भावना र विचारमा सन्तुलन आवश्यक छ । बुद्धि कौशलले आम्दानी बढ्ने सम्भावना छ । शिक्षा र तालिममा ध्यान जानेछ, लभमेटसँग सम्बन्ध राम्रो रहन सक्छ । कल्पना साकार पार्ने समय हो, संवादमा संवेदनशील बन्नु उपयुक्त हुन्छ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- हाँकेको काम रोक्नुपर्ने हुन सक्छ, तर पारिवारिक पक्ष सकारात्मक रहनेछ । कुरा काट्नेहरूको व्यवहारले खिन्नता आउन सक्छ । नयाँ लगानी रोक्नु उपयुक्त छ, सोचेर कदम चाल्नु राम्रो हुनेछ । आफ्नो समस्या अभिभावक वा साथीलाई भन्नु उपयोगी हुनेछ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- पारिवारिक उन्नतिको शुभ समाचार सुन्न पाइनेछ । साथीभाइ वा छिमेकीसँग सहयोग र संवादमा समय बित्नेछ । व्यवसाय वा करियरमा उकासिने संकेत छन्। नयाँ कुरा सिक्ने अवसर मिल्नेछ, आत्मविश्वास बढ्नेछ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- दैनिक कामहरू सफलता र उत्साहका साथ सम्पन्न हुनेछन् । कमाएको धन सञ्चयमा लगाउन सकिनेछ । स्वस्थ्यमा ध्यान दिनुपर्छ, बोल्दाखेरी सन्तुलन आवश्यक छ। पार्टनरको साथबाट आर्थिक राहत मिल्ने संकेत छ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- विपरीत परिस्थिति आएपनि आत्मबलले सम्हाल्न सकिनेछ । पेसागत सफलता र आत्मविश्वास बढ्नेछ । पुराना सम्बन्धहरू पुनस् जोडिने सम्भावना छ । सकारात्मक समाचारले उत्साह दिनेछ, व्यापारमा फाइदा हुनेछ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- लेनदेन र साक्षी बस्ने विषयमा सतर्कता आवश्यक छ । पठन पाठनमा मन नलागे पनि ध्यान र योगमा मन जानेछ । आर्थिक पक्ष कमजोर देखिन्छ, संयमता अपनाउनुहोस् । प्रयासमा अवरोध आउन सक्छ, धैर्य र स्थिरता जरुरी छ ।
