नेपालको विपद्‍मा ड्रोनको प्रयोग गर्ने सहमति

काठमाडौं। सरकारले विपद्पछिको प्रतिकार्यका लागि ड्रोनको प्रयोग गर्ने भएको छ। मंगलवार गृह मन्त्रालयमा सरकार र नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघबीच विपद्पछिको प्रतिकार्य (खोज, उद्धार र राहत)का लागि ड्रोनको प्रयोग गर्ने सम्झौता गरेको हो।

संघहरुले विपद्पछिको प्रतिकार्यका लागि चालकसहितको ड्रोन निःशुल्क उपलब्ध गराउने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए। उनले नेपाल विपद्को धेरै जोखिम भएको भूगोलमा रहेको बताए।

विपद् प्रतिकार्यका लागि सरकारले अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा सरकार पुगेको बताए। निजी क्षेत्रलाई पनि विपद् प्रतिकार्यमा संलग्न गराइ अघि बढिएको बताए।