आज मिति २०८२ साल साउन ७ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज बाल्यकालको स्मृति वा पुराना प्रसङ्गले मन अलमलिन सक्छ। चिन्तनशील बन्ने दिन भएकाले दार्शनिक पक्ष र समसामयिक छलफलमा रुचि बढ्नेछ। बन्धु-बान्धव वा छर छिमेकका काममा सघाउनु पर्ने स्थिति आउन सक्छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- कार्य क्षमता प्रदर्शन गरी धन र मान प्रतिष्ठा कमाउन सकिने समय हो । पार्टनरको इच्छाअनुसार खर्चिलो घुमघाम वा भोजभतेरमा जानुपर्ने हुन सक्छ। घरायसी सम्बन्धमा मनमुटाव नहोस् भन्नका लागि संवाद कायम राख्नु उचित हुन्छ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- ऋण वा उधारो सम्बन्धी विषयमा सावधानी अपनाउनुहोस्। चिकित्सा, काष्ठ वा औषधि व्यापारमा लाभ पाउन सकिन्छ। जीवन साथीसँगको संवादमा पारदर्शिता आवश्यक छ। आज आफ्नो क्षमता प्रमाणित गर्ने राम्रो मौका मिल्नेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- अवसर प्राप्तिका लागि प्रयास र धैर्य आवश्यक हुनेछ। भावनामा बहिएमा नोक्सान हुन सक्छ । प्रेम सम्बन्धमा सफलता चाहनुहुन्छ भने एकअर्काको कमजोरीमा टिप्पणी नगर्नुहोस्।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- धन र मानको वृद्धि हुने सङ्केत छ । सरकारी काम, घर निर्माण, फर्निचर वा सुन(चाँदीको व्यापारमा लाभ मिल्नेछ । तर घरको जिम्मेवारीमा समय र श्रम दिनुपर्ने छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- धेरै खट्नुपर्ने दिन हो, तर निरन्तर प्रयासबाट काम सिद्ध हुनेछ । साझेदार वा प्रतिस्पर्धीसँग अनुभव साटासाट गर्नु लाभदायी हुनेछ । नयाँ ज्ञानमा आकर्षण बढ्नेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- अचानक सुखद समाचार पाउन सकिन्छ। यात्रा वा सर सामान परिवर्तनका योग छन् । आजको दिन आत्ममूल्याङ्कन र गम्भीर संवादको लागि उपयुक्त छ, अहंकार त्याग्नु श्रेयस्कर हुनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- चिन्ता र मानसिक दबाव बढ्न सक्छ । परीक्षार्थी वा योजना बनाउनेहरूले गोपनीयता कायम राख्नु राम्रो हुनेछ । लगानीबाट तत्काल प्रतिफल नआए पनि धैर्य आवश्यक छ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- कला, साहित्य र अभिनयतर्फ आकर्षण बढ्नेछ । प्रेम सम्बन्धमा सकारात्मकता देखिन्छ । तर आफ्ना मात्र कुरा गरेर आफन्तलाई विमुख नगर्नुहोस्।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- संवेदनशील समय हो, शंका वा मनमुटावबाट बच्न संवादलाई प्राथमिकता दिनुहोस् । आज प्रतिस्पर्धी कमजोर हुने सम्भावना छ, व्यापारिक कुराकानीमा पनि सफल हुने दिन हो।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- प्रियजनसँग समय बिताउने अवसर मिल्नेछ। तर असम्भव आशाबाट निराशा निम्तिन सक्छ। साँसारिक आकर्षण बढे पनि वित्तीय जोखिमबाट सचेत रहनुहोस्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ। घर भित्रका कुराले मानसिक रूपमा थकान दिन सक्छ। विशेष निर्णय अघि परिवारको राय लिनु उपयुक्त हुन्छ।