हराएको १० दिनपछि मृत फेला परे गोरखाका एक पुरुष

सांकेतिक तस्बिर

काठमाडौं। गोरखाको सिरानचोक गाउँपालिकाका प्रशान्त सिलवाल सम्पर्कविहीन भएको १० दिनपछि मृत फेला परेका छन्। सिरानचोक-८ जौबारीका सिलवाल घरबाट हराएको १० दिनपछि मंगलबार बेलुका मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

असार २८ गते बिहान काठमाडौँबाट तनुहँको एक्ले फाँटमा माइक्रोबसबाट ओर्लिएर बेपत्ता भएका उनी मंगलबार नवलपरासीको त्रिवेणी नदीको बाँधमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बेपत्ता भएको दिनदेखि नै उनको मोबाइल फोन स्वीचअफ थियो।

४२ वर्षीय सिलवाल काठमाडौँमा व्यापार गर्थे। उनको शव मध्यबिन्दु अस्पतालमा पोष्टमार्टमका लागि लगिएको र त्यसपछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाउने प्रहरीले बताएको छ।