सुनको मूल्य बढ्यो,तोलामा कति ?
काठमाडौं। सुनको मूल्य २ लाख नजिक पुगेको छ। बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार १०० रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो।
बुधबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।
