प्रचण्ड र बाबुरामले गद्दारी गरे: नेता गजुरेल
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन् । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए ।
बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने बताउँदै उनले अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गरे । आफूहरू बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा।बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप छ।
उनले भने,नेपाली कांग्रेसको एजेन्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन्। अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लोकतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभीष्ट हो।
यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन्। अहिले जनगणतन्त्र आएको छैन। यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो। पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ ।
