बालकुमारीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु
काठमाडौं । ललितपुरको बालकुमारीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। आज बिहान साढे ४ बजेरित ललितपुरको बालकुमारीस्थित ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा४ख २४७७ नम्बरको ट्रकको ठक्करबाट बाटो काट्दै गरेका एक युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेकी २४ वर्षीया सुस्मिता भुजेल हुन्।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिएन्डबी हस्पिटल लगिएकोमा चिकित्सकले उनलाई करिब पाँच बजेतिर मृत घोषणा गरेको ललितपुर प्रहरीले जनाएको छ । ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसेका २२ वर्षीय राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
