प्रहरीका असईसहित २२ प्रहरी कर्मचारी कहाँ गए(सूचीसहित)
काठमाडौं । चारजना प्रहरी सहायक निरीक्षक (असई)सहित २२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन ७ दिनको समय दिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर हुनेमा प्राविधिकतर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन् । लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।


