आज मिति २०८२ साल साउन १३ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आध्यात्मिक वा दार्शनिक विषयमा रुचि बढ्नेछ । नयाँ सीप सिक्ने अवसर मिल्नेछ । प्रयत्न गरेका काममा सफलता मिल्नेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । जीवनसाथी र परिवारको साथले मन प्रसन्न हुनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- महत्त्वाकांक्षी बन्ने समय हो, तर लापरवाहीले समस्या ल्याउन सक्छ । ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ । भावनात्मक अस्थिरता देखिन सक्छ । विवादास्पद काममा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- मन प्रशन्न रहन सक्छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । खर्च बढ्न सक्छ, तर दीर्घकालीन लाभका लागि लगानी उपयुक्त हुनेछ । भविष्य निर्माणका योजना बन्न सक्छन्।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- धेरै खटिनुपर्ने दिन हो। पढाइ र प्रविधिमा रुचि बढ्नेछ । थोरै प्रयासले पनि राम्रो परिणाम आउनेछ । दाम्पत्य र प्रेम जीवन केही प्रभावित हुन सक्छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आफ्नो क्षमता देखाउने दिन हो । प्रेम सम्बन्धमा सकारात्मक संकेत मिल्नेछ । रोजगारी वा नयाँ योजनाको सुरुवातका लागि अनुकूल समय हो । पारिवारिक सम्बन्धमा पनि सुधार आउनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- मनमा अशान्ति र गुनासो बढ्न सक्छ। तेस्रो पक्षको कारण सम्बन्धमा समस्या आउन सक्छ । भाग्यबल साथ दिनेछ, तर नयाँ निर्णयमा होसियारी अपनाउनु ठीक हुन्छ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते-कला, साहित्य र सिर्जनात्मक काममा रुचि बढ्नेछ। नयाँ मित्रता बन्न सक्छ तर प्रतिबद्धता नगर्नु राम्रो हुनेछ । सहकर्मीको सहयोगले लक्ष्य प्राप्त हुनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- मन फुरुङ्ग हुनेछ । गीत संगीत, सुन्दरता र विलासी वस्तुहरूमा रुचि बढ्नेछ । क्रोध र ईर्ष्याबाट बच्नुपर्छ । व्यवसायिक र व्यक्तिगत क्षेत्रमा सन्तुलन आवश्यक छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- छोराछोरीको साथ सहयोग मिल्नेछ । स्मृतिमा रमाउने समय हो । लाभमूलक काममा हात लाग्ने संकेत छ । मिहिनेतले परीक्षामा सफलता मिल्नेछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- मन अस्थिर रहन सक्छ, सानो गल्तीले ठूलो नोक्सान हुन सक्छ । घर परिवारसँग समय बिताउने अवसर मिल्नेछ । प्रेम जीवनमा केही असहजता देखिन सक्छ, तर साथीसँगको सहयोगले मन हलुका हुनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- स्वादिष्ट खाना र रमाइलो पलको दिन हो । कार्य क्षेत्रमा प्रगति हुने सम्भावना छ । आत्मीयजनको काममा सहयोग गर्नुपर्ने स्थिति आउन सक्छ । प्रेम र मित्रताको समन्वयमा होसियारी अपनाउनुहोस्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- आर्थिक हिसाब किताब मिलाउने दिन हो । रोकिएको रकम फिर्ता हुने सम्भावना छ । परीक्षा वा अध्ययनमा सफलता मिल्नेछ । नयाँ विषयमा ज्ञान लिन प्रेरणा प्राप्त हुनेछ।