कान्छाराम कन्स्ट्रक्सनसहित २२ कम्पनीसँग स्पष्टीकरण माग
काठमाडौं । सरकारले समयमै काम सम्पन्न नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीलाई स्पष्टीकरण माग गरेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै ति कम्पनीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको हो । कार्यालयले यसअघि पनि ३० दिनको म्याद दिएर स्पष्टीकरण सोधेको थियो । तर उनीहरुले कुनै जवाफ नदिएपछि आज पुनः स्पष्टीकरणको मौका दिइएको हो ।
स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राख्ने चेतावनी दिइएको छ । कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा भाग लिन पाइँदैन।

